जलेको अवस्थामा बालिकाको शव बरामद



ढल्केवर : धनुषामा एक ११ बर्षिया बालिकाको शव आधा जलेको अवस्थामा भेटिएको छ ।

स्थानीय मिथिला नगरपालिका वडा नं. ३ मरलाधारस्थित मगर टोलनजिकै ११ बर्षिय बालिका दुतिया रसाइलीको शव भेटिएको हो ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईका अनुसार बिहीबार बिहान साढे १० बजे शव भेटिएको बताए । शवको प्रकृति हेर्दा हत्या गरेर जलाइएको हो वा जलाएर मारेको भन्नेबारे यकिन हुन नसकेको उनले जानकारी दिए । मृत बालिका लाटी भएको र बुधबार साँझ घर छिमेकमा भएको विवाहमा भोज खान गएको बताइएको छ ।

मृत बालिकाको आमा नभएको, बुवाको मानसिक सन्तुलन ठीक नरहेको र हजुरआमासमेत आँखा नदेख्ने जनाइएको छ । शव पोस्टमार्टम गर्न जनकपुर अञ्चल अस्पताल पठाइएको बताउँदै प्रनि राईले घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाए । 

प्रतिक्रिया दिनुहोस्