प्रदेश ५ मा आज सार्वजनिक विदा



बुटवल: प्रदेश नम्बर ५ सरकारले आफ्नो स्थापना दिवसका अवसरमा आज सार्वजनिक विदाको घोषणा गरेको छ । दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रमको समेत आयोजना गरिएको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार स्थापना दिवसको अवसरमा फागुन २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको थियो ।

प्रदेश ५ सरकारको माघ १५ गते बसेको बैठकले फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्