राष्ट्र बैंकद्धारा ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन–२०७७’ लागू



काठमाडौं : नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक सञ्चालनका लागि ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन–२०७७’ लागू गरेको छ ।

राष्ट्र बैंकले आज ४२ बुँदे निर्देशन जारी गरेको छ। जसमा जनशक्तिव् व्यवस्थापन, बैंकिङ सेवा तथा अत्यावश्यक कार्य सञ्चालन, कार्यालय एवम् स्वास्थ्य सुरक्षा, वर्क फ्रमहोम गरी चारवटा विषय समावेश गरेको छ।

आज जारी गरेको निर्देशिकामा बढीमा एक तिहाई कर्मचारी मात्रै उपस्थित भएर राष्ट्र बैंक सञ्चालन गर्ने जनाएको छ।

उक्त मार्गदर्शनमा सम्बन्धित विभाग, कार्यालय, महाशाखा, इकाईको जिम्मेवारी सम्बन्धित विभाग, कार्यालय, महाशाखा वा इकाईको प्रमुखले लिने, कामको प्रकृतिअनुसार घरमै बसेर काम गर्ने व्यवस्था मिलाउने, ६र६ दिनको रोटेसनमा कार्यालय उपस्थित भएर काम गर्ने व्यवस्था गर्ने भनिएको छ ।

राष्ट्र बैंकका कर्मचारीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, संक्रमित जिल्लाबाट फर्किने कर्मचारी १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्