गलेश्वरमा ४६ फिट अग्लो त्रिशुल 



म्याग्दी : पश्चिम नेपालका पशुपतिनाथको नामले चिनिने गलेश्वर शिवालय धाममा ४६ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । सो त्रिशुल गण्डकी प्रदेशका मन्दिरहरुमा रहेका त्रिशुलहरुमध्ये सबैभन्दा अग्लो भएको दावी गरिएको छ ।

मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको बेनी नगरपालिका ९ मा नौ रोपनी क्षेत्रफलको एउटै विशाल शिलामाथि अवस्थित गलेश्वरमा बिहीवार स्थानीयवासी मानकुमारी शेरचन, उनका छोराहरु भलप्रसाद र गणेश शेरचनले त्रिशुल स्थापना गरेका हुन् ।

त्रिशुल स्थापना भएपछि गलेश्वरको आकर्षण बढेको गलेश्वर क्षेत्र विकास कोषका कार्यालयसचिव राम बानियाँले जानकारी दिए । फलामको त्रिशुलको बाहिरी भाग तामाले लेपन गरिएको छ । 

म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वरमा भौतिक पूर्वाधार निर्माण हुने क्रम बढेको छ । यहाँ धर्मशाला, हवनकुण्ड, पाकशाला, उद्यान, संस्कृत विद्यालय, सभाहल, चमेनागृह र कालीगण्डकीमा स्नान गर्न जान आउनका लागि व्यवस्थित पदमार्गसमेत निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि विभिन्न दाताहरुको सहयोग प्राप्त हुनुका साथै गलेश्वरमा चढेको भेटी रकम प्रयोग हुने गरको छ ।

यहाँ साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्रीमा बिशेष मेलाका साथै दैनिक पूजाआजा हुने गर्छ । 

 

प्रतिक्रिया दिनुहोस्