चीनबाट सेनाले ल्यायो थप १८ टन स्वास्थ्य सामग्री



काठमाडौं– मंगलबार नेपाली सेनाद्वारा चीनबाट खरिद गरिएका कोभिड-१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु नेपाल आईपुगेका छ ।

खरिद गरिएका स्वास्थ्य सामग्रीहरु मध्ये नेपाल वायु सेवा निगमको जहाजबाट १८.७ टन स्वास्थ्य सामग्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याई र्पुयाएको हो ।

साथै जेष्ठ ३ गते १० वटा कन्टेनरबाट २६५ क्युविक मिटर र आज ५ वटा कन्टेनरबाट १७६ क्युविक मिटर स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै नेपाल ल्याई र्पुयाएको सेनाले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र १६ गतेको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकर (जिटुजि) विधिबाट खरिद गर्नेू निर्णय अनुसार अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलन अनुरुप प्रचलित सार्वजनिक खरीद ऐन तथा नियमावलीको परिधिभित्र रहि नेपाली सेनाले खरिद प्रक्रिया अघि बढाएको थियो ।

स्थलमार्गबाट प्राप्त भएका स्वास्थ्य सामग्रीहरु गौचर व्यारेकस्थित नेपाली सेनाको व्यरहाउसमा दाखिला गरिसकिएको छ भने हवाई मार्गबाट आज प्राप्त भएको स्वास्थ्य सामग्री जेष्ठ ०७ गते स्टोरमा दाखिला गरिने छ ।

बैशाख ०७ गते चीनको सरकारी स्वामित्वमा रहेको China Sinopharma International Corporation संग कुल मुल्य १ करोड ८४ लाख ४१ हजार ७ सय ५ को औषधीजन्य सामग्रीहरु खरिद गर्ने सम्झौता भए बमोजिम उक्त स्वास्थ्य सामग्रीहरु प्राप्त भएको हो ।

साथै नेपाल सरकारको २४ घण्टा क्वारेन्टिनमा बस्ने नियम बमोजिम जेष्ठ ६ गतेको बिहानबाट क्वारेन्टिनमा रहेको ७ वटा कन्टेनर ट्रक तातोपानी भन्सारबाट क्वारेन्टिन पश्चात भोली जेष्ठ ०७ गते काठमाडौंतर्फ प्रस्थान गर्ने र ८ वटा कन्टेनर ट्रक भोली मिति जेष्ठ ०७ गतेबाट २४ घण्टा क्वारेन्टिनमा बसी जेष्ठ ०८ गते काठमाडौं ल्याइने सेनाले जानकारी दिएको छ ।

नेपाली सेनाले आफुलाई समयानुकल परिमार्जित परिस्कृत गर्दै चुस्त दुरुस्त बनाउदै मितव्ययी र पारदर्शी हुँदै जाने वर्तमान नेतृत्वको उद्देश्य अनुरुप नेपालको संविधान र प्रचलित ऐन, नियम तथा नेपाल सरकारबाट निर्दिष्ट जिम्मेवारी अनुरुप देश र जनताको हितका लागि हालको विषम् परिस्थीतिमा सिङ्गो संगठन लागि परेको व्यहोरा समेत जानकारी सेनाले गराएको छ ।

प्रतिक्रिया दिनुहोस्