चीनमा भूकम्प: चार जनाको मृत्यु, २४ घाइते



एजेन्सी : चीनमा भूकम्प गएको छ । चीनको दक्षिण पश्चिम क्षेत्रस्थित किआओजिआमा ५ म्याग्निच्युडको भूकम्प गएको हो ।

स्थानीय अधिकारीहरुले मंगलबार गएको भूकम्पमा चारजनाको मृत्यु र अन्य २४ जना घाइते भएका जानकारी दिएका छन् ।

चिनियाँ मिडियाका अनुसार ६० लाख मानिसको बसोबास भएको झाओतोंग सहर नजिकै भूकम्प गएको हो ।

घटनास्थलमा अहिले कम्तिमा ६ सय उद्धारकर्मीहरु खटाइएका छन् । गत वर्ष सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प जाँदा १३ को मृत्यु भएको थियो । २ सय घाइते भएका थिए । साथै ठूलो संख्यामा भौतिक संरचनाको क्षति भएको थियो ।

त्यसअघि २००८ मा सिचुआनमै ७ दशमलब ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ८७ हजार मानिसको मृत्यु र वेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्