गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु



झापा : गाडीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० का धिरेन राईका ४ वर्षीय छोरा सुदेन राई रहेका छन् ।

मंगलबार सैनिक मोडबाट बजारतर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीको ठक्करबाट उक्त बालको मृत्यु भएको हो ।

घाइते भएका राईको उपचारको लागि झापास्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्