चरेशसहित दुई भारतीय महिला पक्राउ 



वीरगञ्ज :  सशस्त्र प्रहरी पर्साले लागूऔषध चरेशसहित दुईजना भारतीय महिलालार्ई पक्राउ गरेको छ । 

शुक्रबार बिहान वीरगञ्ज भन्सार गेटअगाडि सशस्त्र प्रहरी बल नम्बर १४ गुल्म (राजस्व तथा भन्सार गस्ती सुरक्षा) टोलीले चेकजाँच गर्ने  क्रममा नौ किलो चरेशसहित दुई भारतीय महिलालार्ई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत घडियाना र हरियाणा स्थायी ठेगाना बताउने ३२ बर्षिय निशा साह र ३० बर्षिय सोनाली साह रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काले बताए । 

चरेश शरीरमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गर्दा चेकजाँचमा खटिएका सशस्त्र प्रहरी हिराप्रसाद निरौलाले ती महिलालार्ई पक्राउ गरेका हुन्  । 

निशाको साथबाट आठवटा प्याकेटमा राखिएको  चार किलो चरेश र सोनालीको साथबाट १० वटा प्याकेटमा राखिएको पाँच किलो चरेश बरामद भएको  थियो । पक्राउ परेका दुबैलाई आवश्यक कारबाहीको लागि चरेशसहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्