कुष्ठरोगबारे पाठ्य सामग्री समावेश गर्न माग



ढल्केवर(धनुषा) :  कुष्ठरोग प्रभावित व्यक्तिहरुको संगठन ‘एसोसियसन फर आइडिया नेपाल’ले प्रदेश २ स्तरीय भेला गरेको छ । भेलाले प्रमोदकुमार झाको संयोजकत्वमा ११ सदस्यीय प्रदश २ समिति गठनसमेत गरेको छ ।

धनुषाको लालगढस्थित कुष्ठरोग अस्पतालको सभाहल भेलाको आयोजना गरिएको थियो । देशभरि छरिएर रहेका कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई एकीकरण गरी उनीहरुको हकहित संरक्षण गर्ने र समाजमा सम्मान दिलाउन वातावरण सिर्जना गर्ने उद्देश्यले संगठन विस्तार गरिएको आयोजकले जनाएको छ ।

भेलाका अधिकांश सहभागीले कुष्ठरोगसम्बन्धी चेतना सिर्जना गर्नका लागि विद्यालयको पाठ्यपुस्तक सहायक सिद्ध हुने हुँदा पाठ्यक्रममा यसबारे पाठ्य साम्रगी समावेश गर्न माग गरेका थिए । अरु रोगजस्तै कुष्ठरोग पनि सामान्य रोग हो भन्ने जनचेतना जगाउँदै कुष्ठरोग जो कोहीलाई पनि हुनसक्ने भन्दै कुष्ठरोगीलाई हेला गर्न नहुने धारणा राखेका थिए ।

भेलामा मिथिला नगरपालिकाका उपप्रमुख तारा लामा बस्नेत, नेपाल लेप्रोसी नेटवर्क तथा छाला एवं कुष्ठरोग विशेसज्ञ डा. केपी ढकाल, समाजिक विकास मन्त्रालयका प्रतिनिधि जयविर यादवलगायतका व्यक्तिहरुको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्