गेरुवामा आगलागी हुँदा एक घर जलेर नष्ट



धम्बोझीः बर्दियाको गेरुवा गाउँपालिकामा आज आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

गेरुवा-६ लाहुरपुर निवासी टीका सुनारको घर जलेको हो । आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए । मानवीय क्षति भने भएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्