दाङमा चट्याङ लागेर महिला घाइते, घरमा आगलागी



दाङ: चट्याङ लागेर दाङको एक घरमा आगलागी भएको छ भने एक महिला घाइते भएकी छिन्। शुक्रबार बिहान करीब तीन बजे गढवा गाउँपालिका–७, विजयपुरस्थित बालाराम बिकको घरमा चट्याङ पर्दा आगलागी भएको प्रहरीले जनाएको छ। चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

आगोले जलेर घाइते भएकी विकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घरमा लागेको आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीले जनाकारी दिए।  दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । 

प्रतिक्रिया दिनुहोस्