बन्धकमा परेका दुई नेपालीको उद्धार



काठमाडौं :  लिबियामा बन्धक पारिएका दुई जना नेपालीको उद्दार भएको छ।

नेपाली तथा पाकिस्तानी दलालले आप्रवासनको आश्वासन दिंदै इटाली लैजाने भन्दै उनीहरुलाई लिबिया पुर्याएका थिए। इटाली जाने भन्दै उनीहरूसँगै अन्य १२ जना नेपालीसमेत लिबिया पुगेको र तीमध्ये तीनजना अझै पाकिस्तानी दलालको बन्धकमा रहेको आफन्तले बताएका छन्।

उद्धार हुनेमा पोखरा–९ का ओम गुरुङ र पर्वतका सुरेश केसी रहेका छन्। उनीहरु दुबै जनालाई नेपाली सेनाको शान्ति मिशनमा खटिएका सेनाको क्याम्प राखिएको छ। उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया भइरहेको बताइएको छ।

लिबियामा अलपत्र परेका १२ नेपालीमध्ये ११ जनाको पहिचान खुले पनि एक जनाको पहिचान अझै खुल्न नसकेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्