बलात्कार आरोपमा प्रहरी हवल्दार पक्राउ 



दाङ : स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा एक प्रहरी हवल्दारलाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय फूलबारीमा कार्यरत प्रहरी हवल्दारले गएराति स्थानीय एक महिलालाई बलात्कार गरेको आरोप छ । ती प्रहरी हवल्दारमाथि प्रहरीसमक्ष पीडिताले किटानी जाहेरी दिएकी छन्।

आरोपित प्रहरी हवल्दारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिए।

मध्यराती आफू प्रहरी भएको बताउँदै घरको ढोका खोल्न लगाएर ती प्रहरी हवल्दारले मुख थुनेर बलात्कार गरेको पीडिताको आरोप छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घटना अनुसन्धानको क्रममा रहेकाले दुवै पक्षको नाम गोप्य राखिएको छ।

पीडिताको स्वास्थ्य जाँचका लागि पठाइएको र प्रमाणित भए कानुनबमोजिम कारबाही हुने प्रहरी उपरीक्षक बेलवहादुर पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्