इरान आत्मघाती हमलाकाे सयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा निन्दा



संयुक्त राष्ट्रसंघ ः इरानको दक्षिणपश्चिमी प्रान्त सिस्तान र बलुचेस्तानमा गत बुधबाार भएको आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् । 

परिषद्का सदस्य राष्ट्रहरुले यस आक्रमणमा ज्यान गुमाएका परिवारका सदस्य र इरान सरकारप्रति सहानुभूति र समवेदना व्यक्त गरेका छन् । यस आक्रमणमा घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको पनि परिषद्का सदस्यहरुले कामना गरेका छन् । सबै रुपकाे आतङ्कवादले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि चेतावनी दिने परिषद्का सदस्य राष्ट्रहरुले पुष्टि गरेका छन् । 

इरानी विदेशमन्त्रीले बदलाको भावनाले विद्रोही समूहले यो आक्रमण गरेको बिहीबार बताएका छन् । पाकिस्तानलाई आधार क्षेत्र बनाएकाे जैस अलआदी सुनी विद्रोही समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्