सामूहिक बलात्कारपछि १५ वर्षीया किशोरीलाई गाउँ निकाला


काठमाडौं : विभिन्न ठाउँमा बलात्कार भइरहेका घटना त हाम्रो आँखा अगाडि नै देखिन्छन्, सुनिन्छन्।

बलात्कारपछि न्याय नपाएको कुरा पनि समाजमा विद्यमान छ। तर, मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोरी बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडिकलाई कुनै सजाय नै भयो।

बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो। र, ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरिएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका ७ की १५ वर्षीया किशोरीमाथि दुई महिना अघि ५ जनाले सामूहिक बलात्कार गरे।

घटनापछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए। तर, बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडित किशोरीकी आमाले बताइन्।

‘केटाहरुका आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ उनले आँखाभरी आँसु पार्दै भनिन्, ‘अहिले इटहरीमा कोठा भाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ।’

उनका अनुसार किशोरीको पेटमा अहिले दुई महिनाको बच्चा छ। ‘बच्चा पेटमा हुर्किरहेको छ, छोरी केही पनि खाँदिन,’ उनले भनिन्, ‘मानसिक रुपमा कमजोर हुँदै गएको अवस्था छ, बस्दै गरेको ठाउँ नै छाड्नु पर्ने अवस्था आयो।’ आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार राति धादिङ केन्द्र विन्दु भई ४.८

काठमाडौं– क्षेत्रपाटीस्थित ढल्कु क्षेत्रबाट दुई चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली युवतीलाई जिस्काएको र

वीरगन्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौं : थप १८९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।