जंगी अड्डा प्लाष्टिकमुक्त क्षेत्र घोषणा



काठमाडौं :  नेपाली सेनाको मुख्यालय जंगी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । जंगी अड्डा परिसरमा शुक्रबार आयोजित एक विशेष कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सो घोषणा गरेका हुन् ।

प्लाष्टिकजन्य वस्तुको प्रयोगले वातावरणमा पार्ने नकरात्मक प्रभावका बारे स्पष्ट भई प्लाष्टिकको प्रयोगलाई सांगठनिक रुपमै निरुत्साहित गर्न आह्वान गर्दै प्रधानसेनापति थापाले जंगी अड्डाबाट सुरु गरिएको यस अभियानलाई नेपाली सेनाको सम्पूर्ण युनिटहरुले अभियानका रुपमा अगाडी बढाई व्यारेक इलाकालाई प्लाष्टिकमुक्त क्षेत्र कायम राख्न निर्देशन दिए ।

कस्ता प्लाष्टिकजन्य बस्तुलाई निषेधित गर्ने र कस्तालाई पुनः प्रयोगमा ल्याउन सकिने कुरामा समेत स्पष्ट भई उचित व्यवस्थापनको लागि सम्बन्धित विभागलाई उनले निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्