नहरमा डुबेर बालकको मृत्यु



बझाङ :  बझाङको सिमखेतस्थित देवल सिंचाई नहरमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छबिस पाथिभेरा गाउँपालिका २ का जनक मण्डेलका ३ वर्षीया छोरा सक्षम मण्डेल रहेका छन् ।

शुक्रबार बिहान १० बजेतिर जयपृथ्वी नगरपालिका ९ स्थित पुरानो जिल्ला अदालत नजिकै नहरको डिलमा खेल्ने क्रममा उनी नहरमा बगेका थिए ।

जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका नायब निरीक्षक मिनबहादुर सिंहकाअनुसार बालकलाई सिंचाई कार्यालयनजिकै मृत अवस्थामा फेला परेका थिए । बालकलाई अहिले जिल्ला अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्