दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा 



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी अञ्चल यातायात कार्यालय पोखराका तत्कालीन शाखा अधिकृत बाबुराम लामिछानेसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

भाडाका सवारी साधन दर्ता गर्दा नियमविपरीत दर्ता गरेको र पुरानो सवारीसाधन विस्थापित गर्दा प्रक्रिया नपुर्याई विस्थापन गरी नयाँ सवारीसाधन दर्ता गरेको आरोपमा अख्तियारले शाखा अधिकृत लामिछाने र तत्कालीन नायव सुब्बा ऋषिराम ढकालउपर शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

लामिछाने अहिले स्वास्थ्य सेवा विभाग टेकुमा उपसचिव पदमा कार्यरत छन् । यस्तै नासु ढकाल अहिले भरतपुरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत छन् । अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम सजाय मागदावी लिइएको जनाएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्