देशभर निको हुनेको संख्या ४५ पुग्यो, कोशी अस्पतालबाट ८ जना डिस्चार्ज




काठमाडौं: कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये थप ८ जना निको भएका छन् ।

उनीहरूलाई आज (बुधबार) डिस्चार्ज गरिएको हो । ५ जना भारतीय नागरिक र ३ जना नेपाली नागरिकसहित ८ जना निको भएर डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिसिन विभागका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई स्थानीय मदरसाको क्वारेन्टाइनमा बस्नलाई आग्रह गरिएको छ । एकजना विराटनगरबासी पनि रहेको उनको भनाइ छ ।

उनले भने,‘सबैजना एकै समुदायको रहेकोले एक ठाउँमा बस्न पठाइएको छ,’ यससँगै केन्द्रबाट हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको छ । त्यस्तै देशभर निको हुनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्