दशैं बिदाको दिन पनि बैंक खुला रहने    



 काठमाडाैं : दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् ।

 

बैंकहरुले बिदाको दिन सेवा दिने भन्दै काउन्टर र शाखाहरु खुला रहने मिति र समय बारेमा धमाधम  सूचना जारी गरिरहेका छन् । 

 

समय र शाखा खुला राख्ने बाणिज्य बैंकहरुका कुन शाखा कति बजेसम्म खुला रहेर वित्तीय सेवा दिन्छन् भन्नेबारे हामीले पाठकहरुलाई जानकारी दिन खोजेका छौं ।

 

अधिकांश बैंकहरुले बिदाको दिन पनि ३ घण्टा काउन्टर र आफ्ना शाखाहरु खुला राख्ने जनाएका छन् ।

 

सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक, हिमालयन बैंक, नबिल, जनता, स्ट्याण्डर्ड चार्टड बैंक लगायतले विदाको दिन खुला रहने काउन्टरको बारेमा सूचना सार्वजनिक गरेका छन्  ।

साभार: राताेपाटी

प्रतिक्रिया दिनुहोस्