खबरा क्षेत्र जोगाउन स्थानीयकाे ज्ञापन



म्याग्दी : कालीगण्डकी र म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणका लागि कालीगडको किनारमा पर्खाल लगाउँदा बेनी नगरपालिका २ को भसभसे र खबरा क्षेत्र जोखिममा परेको भन्दै स्थानीयले सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएका छन् ।

हाँडेभीर–भसभसे–बेनीबगर–कारागार संरक्षण समितिका अध्यक्ष दुर्गाबहादुर सुवेदीको हस्ताक्षर रहेको ज्ञापनपत्रमा बेनी नगरपालिकाअन्तर्गत वडा नं. ७ र ८ तथा जलजला गाउँपालिका ३ पारिबेनीको बजार संरक्षण गर्न खोज्दा खबराको बस्ती र नेपाल सरकारको कारागारसमेत जोखिममा पर्ने उल्लेख छ । समितिले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र बेनी नगरपालिकालाई बुझाएको ज्ञापनपत्रमा बजार संरक्षणका लागि लगाइएको पर्खालका कारण नदीको धार परिवर्तन हुने र त्यसले भसभसे क्षेत्रमा पहिरोको जोखिम बढ्ने जनाइएको छ ।

‘बजार संरक्षणका लागि गरिएको कामले खबरामा ठूलो क्षति हुन सक्ने भएकाले खबराबासीको समेत रायसुझाव लिई काम अगाडि बढाउन आग्रह गछौं’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्