ट्रम्पको दाबीः ‘हाइड्रोक्सीक्लोरोक्वीन’ नै कोरोना भाइरसको उपचार



एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयदेखि मलेरियाको उपचारमा प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीन खाइरहेका छन् ।

उनले यो औषधि खाएको कारण उनी निकै आलोचित भएका छन् । आलोचनाकैबीच ट्रम्पले यो औषधि नै कोरोनाभाइरसको एक मात्र औषधि भएको दाबी समेत गरेका छन् ।

ट्रम्पले कोरोना भाइरसबाट बच्न यो औषधि खाइरहेको बताएका थिए । यस लगत्तै उनले एक दिन पछि ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर भनेका छन्, ‘मलाई लाग्छ कोरोना भाइरसबाट बच्ने एउटा मात्र तरिका यही औषधि हो र म यो औषधि अझै केही समय लिइरहन्छु । यो नै निकै सुरक्षित लाग्छ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले यो औषधिको छवी नराम्रो हुनुमा उनी प्रचारक भएको दाबी गर्दै भन्छन्, ‘वास्तवमै म खराब प्रचारक हुँ । यदि अरु कसैले यो औषधिको बारेमा प्रचार गरेको भए यसलाई निकै राम्रो मानिन्थ्यो ।’

उनले मलेरियाको उपचारमा प्रयोग हुने यो औषधिले कुनै पनि नोक्सान नपुर्याउने र यो औषधिको बारेमा विश्वभरका चिकित्सकहरुले पनि राम्रो प्रतिक्रिया दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्