थप २५ जनामा कोरोना पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या ४२७ पुग्यो



काठमाडौं : बुधवार स्वास्थ्य ता जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार कोभिड–१९ पुष्टि हुने मानिसको सङ्ख्या ४२७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुमा १३, बाँकेमा ६, धनकुटामा ५ र नवलपरासी पश्चिममा १ जनामा कोभिड–१९ पुष्टि भएको हो।

मंगलबार नेपालमा २७ जना र अघिल्लो दिन ८० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

दुई जनाको मृत्यु भएपछि कोरोनाभाइरस भेटिएको पुष्टि भएको थियो।

अहिले सबै प्रदेशमा कोभिड–१९ भेटिएको छ। प्रदेश नं ५ र २ मा सङ्क्रमितको संख्या सबैभन्दा धेरै छ ।

प्रतिक्रिया दिनुहोस्