सुस्मिता सेन र उनका १५ वर्ष कान्छा प्रेमीको ‘लभ स्टोरी’ सामाजिक सञ्जालमा भाइरल



एजेन्सी : बलिउड तथा पूर्व मिस युनिभर्स अभिनेत्री सुस्मिता सेन आफ्नो प्रेमकथा निकै चर्चामा छ । सुस्मिताले ४४ वर्षको उमेरसम्म विवाह गरेकी छैनन् तर उनी पछिल्लो समय १५ वर्ष कान्छा प्रेमी रोहमन शअलसँग प्रेमसम्बन्धका कारण चर्चामा आउने गर्छिन् ।

रोहमन, सुस्मिता र उनी छोरीहरु मिलेर बनेको उनीहरुको परिवार निकै स्पेशल रहेको छ । सुस्मिता सामाजिक सञ्जालमा परिवारसँग, छोरीहरुसँग र प्रेमी रोहमनसँगका तस्बिरहरु सेयर गर्ने गर्छिन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने सुस्मिताले परिवारका सदस्यहरुसँग बिताएका रमाइला भिडियोहरु सार्वजनिक गरेकी छिन् ।

रोहमनसँग निकट भविष्यमा नै विवाहको तयारीमा रहेकी सुस्मिता सेनले दुईवटा छोरीहरुलाई एडप्ट गरेकी थिइन् ।

उनले पछिल्लो समय सेयर गरेको भिडियोमा दुई छोरीहरु एलिजा र रिने पियानोमा अभ्यास गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्