किमले जब आफ्नै काकालाई सडकमा नाङ्गै हिँडाएर कुकुरले टोकाएर मृत्युको सजाय दिए



एजेन्सी : विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी शासकले अमेरिकाको चुनौतीलाई पनि सामान्य रुपमा लिने गरेका थिए ।

शासन सत्ताको बागडोर सम्हालेपछि उनले सैनिक व्यवस्था सुद्दृण गराउन लागि परेका थिए । आज पनि उनी यस अभियानमै छन् । पूर्व किम जोङ इलका छोरा किमले उत्तर कोरियाको निरङ्कुश व्यवस्थालाई अगाडि बढाइ नै रहेका छन् ।

आणविक हतियारको परिक्षण बाहेक अन्य कुराले पनि चर्चामा आउने किमका केही हर्कत निकै डरलाग्दा पनि छन् ।

उनले आफ्नै काकालाई फाँसीको सजाय दिएका थिए । काकालाई फाँसी दिएको केही दिनपछि काकीलाई पनि फाँसीको सजाय दिएका थिए ।

शासन सत्ताबाट हटाउन आफ्नै काकाले षडयन्त्र गरेको आरोप किमले लगाएका थिए । बाटोमा निर्वस्त्र हिड्न लगाएर काकाको पछाडि कुकुर छोडिएको थियो ।

कुकुरले टोकाएपश्चात उनलाई फाँसीको सजाय दिइएको थियो । आफ्नो पतिलाई क्रुर सजाय दिएपछि रिसले चुर भएकी काकीलाई पनि फाँसीको सजाय दिने काम किमले गरेका थिए ।

उनले काकीलाई विष सेवन गर्न लगाएर सजाय दिएका थिए । उनले पिडा सहन नसकी आत्महत्या गरेको समेत बताइन्छ । उनको मृत्यु हुनुको यकिन तथ्य हालसम्म बाहिर आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्