१८ लाखले उपत्यका छाडे



काठमाडाैं : दसैँ मनाउन घर जाने १८ लाखले काठमाडौं छाडिसकेका छन् । फूलपातीसम्म थप ५ लाखले उपत्यका छाड्ने अनुमान रहेको ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले बताए ।

 

रोजगारी, अध्ययन तथा व्यवसायका लागि देशभरबाट काठमाडौं आएर बस्ने ठूलो जनसंख्या दसैँका लागि आ–आफ्नो घर फर्किने गर्छ । पछिल्लो हप्तादेखि दिनहुँ डेढ लाखभन्दा बढीले उपत्यका छाड्ने गरेको प्रहरीले जनाएको छ । ‘शुक्रबार मात्रै १ लाख ५७ हजार बाहिरिएका छन्, फूलपातीसम्म थप ५ लाख बाहिरिने अनुमान गरेका छौँ,’ पन्तले भने ।

 

अहिले दैनिक साना–ठूला गरी दैनिक १८ हजार यात्रुबाहक सवारीसाधन उपत्यकाबाट बाहिरिने गरेका छन् । ठूलो संख्यामा सवारीसाधनले यात्रु ओसार्दा पनि दसैँको चाप थेग्न मुस्किल परिरहेको छ । तर, दसैँमा घर जानेको सुविधाका लागि यातायात व्यवस्थापनमा प्रहरीले विशेष कार्यक्रम चलाइरहेको ट्राफिक प्रहरी प्रमुख पन्तले बताए ।

 

सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र छतमा यात्रु राख्न नदिन कडाइ गरेको उनको भनाइ छ । यस्तै, दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम चलाएको तथा यातायातका साधन चेकजाँचको व्यवस्था मिलाइएको छ 

प्रतिक्रिया दिनुहोस्