जेठ मसान्तसम्म घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द गरिने



काठमाडौं : घरेलु र अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय भएको छ । सरकारले जेठ १८ सम्म बन्द गरेको घरेलु तथा अन्तर्राष्टिय हवाई उडान जेठ मसान्तसम्म रोक्ने निर्णय गरेको हो ।

बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो ।

गत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याउने निर्णय गरे पनि उडानबारे कुनै निर्णय लिएको थिएन ।

मंगलबार बसेको समितिको बैठकले पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्