भारतबाट फर्किएका एक हजार नेपाली नेपालगञ्ज नाकाबाट भित्रिए



बाँके : बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट हिजाे बुधबार एक हजार ३ सय २५ नेपाली भित्रिएका छन्।

भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।

उनका अनुसार भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३२५ जना छन्। सबैभन्दा धैरै दैलेखका ५०१ जना छन्। जमुनाह नाकाबाट नेपाल भित्रिएका नेपालीलाई बुधबार बसमार्फत नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर लगत लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए।

उद्धार गरिएका व्यक्तिलाई लिन सम्बन्धित स्थानीय तहसँग गाडी माग गरिएको र यहाँबाट गएर सबैलाई आआफ्नो पालिकाले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाउन थालिएको उनले बताए।

यसअघि यही जेठ २ गते एकैदिन भारतका विभिन्न क्वारेन्टिन तथा सीमाक्षेत्रमा बसेका ६८७ नेपालीलाई उद्धार गरी गृहजिल्ला पठाइएको थियो । बाँकेमा पछिल्लोपटक भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण बढी देखिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास

कैलाली : धनगढी आउँदै गरेको ना४ख ९९ नम्बरको बस अछाममा दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरी : बर्दिवासको बालिका हत्या प्रकरणको सुक्ष्म छानबिन शुरु भएको छ । बर्दिवास–१४ शुभम् बस्तीकी

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जनाएको छ

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या आएपछि लामिछाने ह्याम्स

काठमाडौं : चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको