भक्तपुरको अनन्तलिंगेश्‍वर केन्द्रविन्दु भएर भूकम्प



भक्तपुर : भक्तपुरको अनन्तलिंगेश्वर आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा महसुस गरिएको थियो । केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रले जनाएको छ ।

यो धक्का गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्