बन्दाबन्दी प्रभाव : केराले पाएन बजार


नवलपरासी : नवलपरासी ( पश्चिम सुस्ता पश्चिम ) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौँ पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म बजारीकरणका लागि केरा पुर्याउन निकै समस्या भएको  छ । 

नवलपरासी (बर्दघाट – सुस्ता पश्चिम) जिल्लाको दक्षिणी भेग विशेष गरी  केरा खेतीका लागि उपयुक्त मानिन्छ । बन्दाबन्दीमा नेपाल सरकारले कृषि उपजलाई सहजै बजारीकरणका व्यवस्था भएको जनाए पनि बजारीकरणमा समस्या देखिएको केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष लख्खु यादव बताउँछन् ।

स्थानीय बजारमा सामान्य मात्रामा केरा बिक्री हुँदै आए पनि ठूला शहर बजारसम्म केरा पुग्न नसकेको प्रतापपुर –५ कठहवामा २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका किसान मोतीलाल कोइरीको भनाइ छ । ऋण लिएर खेती गर्दै आएका किसानलाई केरा बिक्री नहुँदा झन् ठूलो समस्या हुँदै आएको प्रतापपुर –६ का किसान  इन्द्राज पासीको भनाइ छ । खेतमा तयार भएको केराले बजार पाएको छैन । भारतीय बजारबाट सहजै रुपमा केरा भित्रिने गरे तर नेपाली उत्पादनले बजारीकरण गर्न नपाउँदा समस्या भएको प्रतापपुर –५ कठहवामा किसान चन्द्रिका कोहार बताउँछन्  ।

कृषि ज्ञान केन्द्र नवलपरासी ( बर्दघाट – सुस्ता पश्चिम ) कार्यालयका अनुसार  जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन  हुँदै आएको छ । यहाँका किसानको आम्दानीको दरिलो स्रोत केरा खेती मानिएको छ । किसानले रु ५० देखि रु ६० सम्ममा एक दर्जन काँचो केरा बेच्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना