घुस बुझाएको अभियोगमा कर्मचारी पक्राउ


प्रदेश नं १ आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोजेको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

डिभिजन प्रमुख झाले आर्थिक मामिला मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई रु १० हजार बुझाउन खोजेको अभियोग लगाइएको छ । झाले उक्त रकम खाममा राखेर आफ्नो कार्यकक्षको टेबलको घर्रामा राखिदिएको र त्यसबारे सोध्दा उनले केही नभएको पौडेलले बताएका छन् । झाले आफूले पौडेललाई रु १० हजार खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको जनाएका छन् । उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भ्रष्टाचारजन्य कसुरमा सजाय गराइपाऊँ भनी निवेदन दिएका थिए ।

सो घटनाको सामान्य जानकारीपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा सङ्लग्नलाई आयोगमा बुझाउन निर्देशन दिएका थिए । लगत्तै आयोगको इटहरीस्थित कार्यालयले झालाई पक्राउ गरेको हो ।

आर्थिक मामिला मन्त्रालयमा महिनौँदेखि अन्य मन्त्रालय तथा कार्यालयको फाइल रोकिँदै आएको गुनासो आएको छ । भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उपसचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखाका कर्मचारीले दुःख दिनाका साथै फाइलसमेत हराउने, फ्याँकिने र च्यातिने गरेको गुनसो अन्य मन्त्रालयका कर्मचारीले गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।