राहत आपूर्तिको ठेक्का पाएको फार्मलाई कारवाही सिफारिस


धनगढी : बन्दाबन्दीका बीच वितरित राहत चामल गुणस्तरहीन तथा कीरा भेटिएपछि धनगढी उपमहानगरपालिकामा आपूर्तिको ठेक्का पाएको फार्मलाई कारवाहीका लागि सिफारिस गरिएको छ । उपमहानगरपालिकाले बुधबार पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो ।

उपमहानगरपालिकाबाट दोस्रो चरणको राहत आपूर्ति गर्ने ठेक्का पाएको ठाकुर ट्रेड लिङ्क धनगढीले वडा नं १, २, ४ र ५ का लागि उपलब्ध गराएको चामलमध्ये २० हजार १० किलो गुणस्तरहीन रहेको प्रतिवेदन ल्याएपछि छानबिन समितिकै सिफारिसमा सार्वजनिक खरिद ऐन २०६३ बमोजिम कालोसूचीमा राख्नुपर्ने आधार र कारण प्रस्ताव गरी आपूर्तिकर्तालाई सुनुवाइको मौका प्रदान गरी कानूनबमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय कार्यपालिकाले गरेको प्रवक्ता सन्तोष मुडभरीले जानकारी दिए ।

त्यसैगरी खरीद प्रक्रियामा दायित्व भएका कार्यालयका कर्मचारीलाई पनि गलत भए÷नभएको विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको बताइएको छ । खरीद प्रक्रियामा काम गर्ने दायित्व भएका व्यक्तिले पनि केही लापरवाही गरेको पाइयो भन्ने छानबिन समितिले प्रतिवेदनमा औँल्याएकाले त्यसका आधारमा सो कार्यमा संलग्न कर्मचारीलाई स्पष्टीकरण सोधी कारवाही प्रक्रिया अगाडि बढाइने प्रवक्ता मुडभरीको भनाइ छ ।

धनगढी ४ मा वितरण भइरहेको राहतमध्ये केही व्यक्तिले वैशाख २९ गते बुझेको चामलमा कीरा परेको छ भन्ने गुनासो आएपछि आपूर्तिकर्ता फार्म र उपमहानगरपालिका विवादमा तानिएको थिए । त्यसपछि उपमहानगरपालिकाले राहत वितरणको काम रोकेर वैशाख ३१ गते कार्यपालिकाको बैठकबाट पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदनका आधारमा नगरकार्यपालिकाले आपूर्तिकर्ता फार्म र खरिद प्रक्रियामा दायित्व भएका कर्मचारीलाई कारवाही प्रक्रिया अगाडि बढाउन थालिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस