गुल्मीका पहिलो कोरोना संक्रमितको मृत्यु, प्रदेश सरकारद्वारा दुः ख व्यक्त


काठमाडौंः गुल्मीको पहिलो कोरोना संक्रमितको क्रिमसन अस्पतालमा मृत्यु भएको छ ।

उनको मृत्युप्रति प्रदेश नं.५ सरकारले दुः ख व्यक्त गरेको छ । सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको हो ।

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ का ४१ वर्षीय शिक्षकको मृत्यु भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्तिमार्फत जनाकारी गराएका छन् ।

उनलाई बचाउन अनेकौ प्रयास गरेपनि बचाउन नसकिएकोमा सरकार दुः खी भएको विज्ञप्तिमा उल्लेख छ ।

कंङ्गे देउराली आधारभूत विद्यालयका प्राधानाध्यापकसमेत रहेका उनको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै प्रदेश सरकारले उनको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना