प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ



बाँके : प्रहरीलाई हातपात तथा कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका-२१ बस्ने ३० वर्षीय दुर्गेस ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।

सोही ठाउँस्थित पुरैनिमा जग्गा सम्बन्धी विवादमा संलग्नहरुलाई सम्झाई बुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर सोही ठाउँस्थित आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति आफै भाग्ने क्रममा लडेर घाइते भएका थिए ।

उनलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै स्थानियले प्रहरीमाथि हातपात र कुटपिट गर्दा प्रहरी चौकी तेलियनपुरमा कार्यरत एक प्रहरी जवान समेत घाइते भएका थिए । लडेर घाइते भएका स्थानीयको भेरी अस्पताल नेपालगंजमा सामान्य अवस्थामा उपचार भइरहेको छ भने घाइते प्रहरी जवान नर्सिंङहोम नेपालगंज बाँकेमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्