पशुपतिशमशेर राणा र कमल थापाको सम्बन्ध : पदीय प्रतिष्ठाको लडाइँ



काठमाडाैं : पशुपतिशमशेर राणा र कमल थापा दुवै पूर्वपञ्च हुन् । दुवै पञ्चायती राजनीतिका शक्तिशाली खेलाडी । अहिले राणा छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष, अनि थापाचाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ।

पञ्चायत–राजनीतिमा उत्पादन भए पनि यी दुवै खेलाडी ०४६ पछिको बहुदलकाल र ०६३ पछिको गणतन्त्रकालमा समेत राजनीतिमा धेरै अर्थमा शक्तिशाली भूमिकामै रहे । शक्ति अभ्यासले उनीहरूको सम्बन्ध भने चिसोतातो बनाइरह्यो ।

०४६ को जनआन्दोलनपछि पनि यी दुवै नेताले राजा र राजतन्त्रका पक्षमा वकालत गर्न छाडेनन् । ०६५ पछि देश संविधानतः धर्मनिरपेक्षता र गणतन्त्रमै प्रवेश ग-यो । तर, राणा र थापा भने सनातन हिन्दूराष्ट्र, संवैधानिक राजतन्त्र वा राजासहितको प्रजातन्त्रको वकालत गरिरहेका छन् ।

एउटै एजेन्डा र एउटै प्रकृतिको राजनीति लामो समयसम्म गरे पनि दुई नेताबीचको सम्बन्ध भने सौहार्द कहिल्यै देखिएन । पञ्चायतकालमै थापा पञ्चायतका हस्ती सूर्यबहादुर थापासँग थिए भने राणा लोकेन्द्रबहादुर चन्दका पक्षमा । 

बहुदलपछि पनि पञ्चहरू राजनीतिमा आए । दुई पार्टी खोलेर । सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा समूह)मा लागेका कमल सुरुमा राजनीतिक सचिव र केही समयमै प्रवक्ता बने । अनि, चन्द नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेका राणा सो समूहको महामन्त्री बने । आजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्