युभेन्टसले फ्रोसिनोनेलाई ३–० ले हरायो



एजेन्सी : इटालियन लिग सिरिएअन्तर्गत गएराती भएको खेलमा युभेन्टसले फ्रोसिनोनेलाई ३–० ले पराजित गरेको छ । 

लिगको शीर्षस्थानमा रहेको युभेन्टसले खेलको छैटौं मिनेटमा पाउलो डिबालाको गोलमार्फत अग्रता बनाएको थियो । १७ औं मिनेटमा लिओनार्डो बोनुचीले दोस्रो गोल थपे ।

दोस्रो हाफको ६३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसको जित पक्का गरे । 

लिगको अंक तालिकामा युभेन्टस २४ खेलमा ६६ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको नेपोलीले २३ खेलमा ५२ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्