नेपालको निर्णय क्षमताप्रति अनावश्यक प्रश्न नउठाउन एसडी मुनीलाई गगनको चेतावनी



काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले लिम्पियाधुरा‚ लिपुलेक र कालापानी नेपालको क्षेत्र भएकाले अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका छन्।

बिहीबार भारतीय प्राध्यापक डा शुकदेव मुनीको एक ट्वीटलाई कोट गर्दै नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका हुन् ।

भारतमा नेपाल मामिलाका जानकार मानिने मुनीले नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ नक्शा एकपक्षीय रुपमा जारी गरेको टिप्पणी गरेपछि थापाले मुनीलाई जवाफ दिएका हुन् ।

थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो र यस सम्बन्धमा नेपाल सरकारले चालेको कदममा नेपाली कांग्रेसको दृढतापूर्वक साथ रहेको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्