काठमाडौं : स्थानीय निकायले फोहोर ढुवानी गर्दा वार्षिक करिब १० करोड रुपियाँ खर्च हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी लागत काठमाडौं महानगरपालिकाको लाग्ने गरेको छ । महानगरपालिकाले मात्रै वार्षिक करिब ५ करोड रुपियाँ खर्च गर्ने गरेको छ ।
फोहोर व्यवस्थापनबाहेक ढुवानी गर्दा लाग्ने लागत अत्याधिक देखिएको छ । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले ढुवानीमा मात्र वार्षिक करिब ५ करोड रुपियाँ खर्च हुने गरेको जानकारी दिए ।
कामपाको टेकुस्थित ट्रान्फर स्टेसनबाट सिसडोलसम्म २७ किलोमिटर दूरी रहेको छ । फोहोर ढुवानीमा ललितपुर महानगरपालिकाले वार्षिक ९५ लाख रुपियाँ खर्चिने गरेको छ ।
उपत्यका र आसपासका १८ स्थानीय निकायले सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने गरेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।