टेकु अस्पतालबाट चार जना संक्रमित डिस्चार्ज



काठमाडौं : काठमाडौंस्थित टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चार जना कोरोना संक्रमित व्यक्ति निको भएर बिहीबार डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एक साताअघि भर्ना भएका काठमाडौंका २, भक्तपुरका २ जना संक्रमित उपचारपछि आज घर फर्केका हुन् ।

भक्तपुर दुवाकोटका पुरुष, ठिमीकी महिला, कञ्चनपुरबाट आएकी महिलामा कोरोना देखिएको थियो । २४ घण्टाको फरकमा दुई पटक स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए ।

कोरोना निको हुनेको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्