५५ वर्षदेखि नेपालमा बस्दै चिनियाँ शरणार्थी



काठमाडौं : धर्मगुरु दलाई लामाप्रति आस्था राख्ने तिब्बतीहरुलाई सन् १९५९ पछि स्वदेशमै बसिहरन गाह्रो भयो । उनीहरु विभिन्न मुलुकमा शरण लिन बाध्य भए । 

त्यति बेलैमा नेपाल छिरेकी थिइन् ७८ वर्षीया छिरिङ दोकर । उनी अहिले एकान्तकुनाको साम्दुप्लिङ तिब्बती शरणार्थी शिविरमा एकल जीवन बिताइरहेकी छन् । उनी वृद्धावस्थामा पुगिन् । तर गाह्रो परिरहेको छ । शरणर्थीकै रुपमा उनले ५५ वर्ष बिताइसकिन् ।

साँघुरो अँध्यारो कोठामा थोत्रो पलङ, दराज र अन्य सामान मात्र उनका साथी भएका छन् । त्यसैको कुनामा मुस्कुराइरहेको छ दलाई लामाको तस्बिर । तस्बिरअघि बत्ती बलिरहेको थियो । ‘अ‍ोम मणि पद्मे हुम्’ को् मन्त्र जप्दै वृद्धादले भनिन्,  ‘२३ वर्षकी हुँदा नेपाल आएँ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्