नेपाल उपविजेतामै सीमित



काठमाडौं : भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । 

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा आज भएको फाइनल खेलमा नेपाल म्यान्मारसँग ३–१ गोलअन्तरले पराजित भएको हो । 

म्यानरमाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेको हो । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । 

म्यानमारले खेलको ५३औँ र ६३औँ मिनेटमा दुई गोल थप्यो । 

नेपाल र म्यानमार चार महिनायता तेस्रो पल्ट भिडेका हुन् । गत नोभेम्बरमा म्यानमारको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एसियाली छनोटको पहिलो चरणमा नेपालले म्यानमाविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । 

नेपाल हिरो गोल्डकप प्रतियोगिताको समूह चरणको खेलमा म्यान्मासँग ३–० गोलअन्तरले पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्