विराटनगरमा बैंक तथा वित्तीय संस्था दैनिक चार घण्टा खुल्ने



विराटनगर : विराटनगर महानगरपालिकाभित्रका बैंक तथा वित्तीय संस्था हरेक दिन ४ घण्टा सञ्चालनमा ल्याइने भएको छ ।

हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दिनको ४ घण्टा सेवा दिने गरी खोल्ने निर्णय भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए।

उनका अनुसार लकडाउनका कारण पर्न जाने आर्थिक समस्यालाई मध्यनजर गर्दै विकल्पसहित आइतबारदेखि बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन गर्न खोजिएको हो ।

प्रतिक्रिया दिनुहोस्