अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा



काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् ।

राष्ट्रिय संकटकालको घोषणाले ट्रम्पलाई विशेष अधिकार प्राप्त भएको छ, जसले गर्दा उनलाई विभिन्न राजनीतिक प्रक्रिया भन्दा माथि उठेर विद्यमान सैन्य तथा विपतको राहत वजेटलाई सिमनामा पर्खाल बनाउन सक्छन् । 

सीमनामा पर्खाल लगाउने विषय ट्रम्पले आफ्नो निर्वाचनको बेला जबरजस्त रुपमा उठाएका थिए । अमेरीकी राजनीतिक प्रक्रिया तथा प्रतिपक्षीले उनको सीमनामा पर्खाल लगाउने विषयमा विरोध गर्दै आएका छन् ।

अमेरिकामा ठूलो संख्यामा अवैध आप्रवासी रहेको र तिनीहरू भिसाको म्याद सकिएपछि पनि त्यहीँ बसिरहेको मुद्दालाई ट्रम्पले बारम्बार उठाउँदै आएका थिए । तर ट्रम्पको दक्षीणी सिमनामबाट अवैध आप्रवासी आउने र त्यही वसिरहेको भनाइलाई आप्रवासीसम्बन्धी विज्ञहरूले अस्वीकार गर्दै आएका छन् । 

अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐन गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको हो । विगतमा अमेरिकी राष्ट्रपतिहरूले राष्ट्रिय संकटकालको प्रयोग खासगरि विदेश मामिलामा आइपरेका संकटसँग जुध्न गरेका थिए । 

तर ट्रम्पले भने देशभित्रै राजनीतिक रूपमा विवादास्पद मुद्दामा विपक्षीको बहुमत रहेकाले संसद छल्न सीमा सुरक्षाका लागि भन्दै यो शक्ति प्रयोग गर्न खोजेका छन् ।

विपक्षी डेमोक्र्याटहरूले राष्ट्रपतिको घोषणालाई, उनीहरूकै शब्दमा, शक्तिको दूरूपयोग भन्दै यसका विरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्