भीमसेनथापा गाउँपालिकामा पाहुना लाग्न र तास खेल्न रोक



गोरखा : गोरखाको भीमसेनथापा गाउँपालिका–७ ले वडाभित्र पाहुना लाग्ने, भोजभतेर गर्न, तास खेल्नेलगायतका गतिविधिमा रोक लगाएको छ ।

वडा कार्यालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणबाट जोगिन गाउँपालिकाले जेठ ८ गतेदेखि लागू हुनेगरी पाहुना लाग्न नपाइने नियम बनाइएको जनाएको छ। आफन्तलाई नबोलाउन र आफू पनि कतै नजान वडाबासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्