जेठ १० गते प्रदेश ५ सरकारले नीति कार्यक्रम प्रस्तुत गर्ने


काठमाडौंः प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७-७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद आज बसेको बैठकले नीति कार्यक्रम यही जेठ १० गते प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा दीपावली गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बैठकले तराईका जिल्लामा दुई सय र पहाडी जिल्लामा ५० शय्याको आइसोलेशन केन्द्र बनाउने, केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका बिरामीलाई राख्ने र केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय पनि गरेको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकामा उनले पाउनुपर्ने बीमावापतको १० लाख प्रदान गर्ने निर्णयसमेत गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना