काठमाडौं : अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्सा र भूमिलाई लिएर राखेको विचारका बिरुद्ध भारतीय मिडियाहरु खनिएका छन् । यतिबेला उनको समर्थनमा नेपाली कलाकर्मीहरु पनि उत्रिएका छन् ।
त्यस्तै अभिनेत्री करिश्मा मानन्धरले पनि बिहीबार बिहान फेसबुकमा स्टाट्स लेख्दै भारतीय मिडियाले हेपाह प्रवृत्ति देखाएको उल्लेख गरेकी छन् । मनिषाको भनाईलाई छिमेकी मिडियाले अतिरञ्जित गरेर प्रचार गरिरहेको बताएकी छन् । साथै करिश्माले नक्सा जारी गरियो, हामी सम्पूर्ण नेपाली खुशी छौ तर यसलाई संविधान संशोधन गरि हाम्रो संविधान भित्र नक्सा पार्न ढिला गर्नु हुँदैन समेत भनेकी छन् ।