गायक प्रकाश सपुतले भावुक हुँदै सम्झिए काठमाडौंमा वितेको एक दशक समय



काठमाडौं : दोहोरी ब्याटल मार्फत दोहोरीमा नयाँपन प्रयोग गर्ने गायक हुन् प्रकाश सपुत । करिव एक दशक समयदेखि सपुतले आफैलाई गायन, नत्य, अभिनय, लेखन तथा निर्देशन यस्तै यस्तै कलाकारीताको विभिन्न विधामा आफुलाई सक्रिय राखेका छन् । बोल माया, गलबन्दी जस्ता गीतहरु साँगीतिक क्षेत्रमा दिएर झनै चर्चामा चुलिए । गायनसँगै अव प्रकाश सपुत अभिनयमा पनि लागेका छन् । ‘परदेशी २ चलचित्र मार्फत उनी चलचित्र क्षेत्रमा पनि डेव्यू गर्दैछन् ।

चलचित्र ‘परदेशी२’को छायांकन भइरहेको अवस्थामा लकडाउन सुरु भएपछि यस चलचित्रको छायांकन यतिबेला स्थागित भएको छ । प्रकाश सपुतले गाउँ बाग्लुंग छोडेर काठमाण्डौ आएको एक दशक अर्थात १० वर्ष पूरा भएको छ । उनी यतिबेला आफ्नो बिगतलाई सम्झिएर भावुक भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गदै विगतसँगै आफुलाई काठमान्डौ भित्र्याउन मदत गर्ने गायक तथा सारंगी वादक कमल कुमार विश्वकर्मालाई पनि सम्झिएका छन् । उनी भावुक हुदै अहिलेसम्म कमल कुमारको लागी आफुले केही गर्न नसकेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्