भलिबल दिवस आज, औपचारिक कार्यक्रम भएन



काठमाडौं :आज जेठ ८ गते, भलिबल दिवस । तर यस बर्ष भलिबल दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम भएन। कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेकाले भलिबल संघले कुनै औपचारिक कार्यक्रमको आयोजना नगरिएको बताएको हो ।

नेपाल भलिबल संघले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस मनाउन सुरु गरेको हो । तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रीपरिषद्बाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो । सोही दिनको सम्झनामा भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसमा अवसरमा मनाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्