‘स्वास्थ्य अधिकारीको सरुवा र पदस्थापन केन्द्रबाटै हुनुपर्ने’



काठमाडौं : स्वास्थ्य सेवामा कार्यरत माथिल्ला तहका सरकारी अधिकारीहरूको सरुवा तथा पदस्थापन संघीय सरकारबाट गरिनुपर्ने माग नेपाल जनस्वास्थ्य संघले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीमार्फत प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट दसौं तहसम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गर्नसक्ने अधिकार प्रत्यायोजन गरेपछि जनस्वास्थ्य संघले यस्तो माग अघि सारेको हो ।

 

उसले संघ सरकारबाट हुने सरुवा तथा पदस्थापनमा अधिकृतस्तरदेखि माथिका सबै कर्मचारी हुनुपर्ने जनाएको छ । 

संघका महासचिव महेश्वर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लोकसेवा आयोगको प्रक्रियामार्फत प्रवेश गरेका अधिकृतस्तरदेखि माथिका कर्मचारीलाई संघीय सरकारबाट नै खटनपटनमा रहने गरी संघ, प्रदेश र स्थानीय तहमा खटाउने प्रावधान सुनिश्चित गर्न आग्रह गरिएको छ । 

 

अहिले स्वास्थ्य सेवाका कर्मचारी समायोजन प्रक्रियामा कर्मचारीको वृत्तिविकासका अवसरमा एकरूपता नभएको, सरुवा तथा बढुवाको अवसर साँघुरो भएको र कर्मचारीको मनोबल घट्दै हुँदै गएको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्