वर्षाले डिपिएल प्रभावित, आज खेल हुने नहुने, टुंगाे लागेन



कैलाली : धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत आज हुने भनिएको विराटनगर किंग्स र काठमाडौं गोल्डेन्स तथा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल प्रभावित हुने सम्भावना देखिएको छ । बिहीबार रातिदेखि परेको पानीका कारण मैदानमा पानी जमेको छ । शुक्रबार राति पुनः पानी परेपछि मैदान खेल्नै नमिल्ने भएको छ ।

प्रत्येक दिन बिहान ९ बजेदेखि नै खेल सुरु हुन्थ्यो । आज भने मैदान हिलाम्य हुँदा १२ बजेपछि मात्रै खेल हुने नहुने निर्णय हुने डिपिएल अध्यक्ष सुवाश शाहीले जानकारी दिए । अम्पायरले खेल रद्द भएको घोषणा गरिसकेका भने छैनन् । आज बिहान ४ बजेसम्म कैलालीमा पानी परेको थियो । मैदानमा पूरै पानी जमेको छ ।

 

प्रतिक्रिया दिनुहोस्